सिमकोट / हुम्लामा गाउँपालिकाका जिम्मेवार व्यक्तिनै जुवा खेलिरहेको अवस्थामा फेला परेका छन् ।

हुम्लाको दक्षिण क्षेत्रमा रहेको अदानचुली गाउँपालिकाको मुख्य बजार क्षेत्रबाट दुई वडाध्यक्षसहित श्रीनगर प्रहरीचौकीले १५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा दुई वडाध्यक्ष, एक शिक्षक, दुई ठेकेदार, एक मानव अधिकारकर्मी र अन्य सर्वसाधारण गरी १५ जना रहेको प्रहरीले जानकारी दिएको छ ।

नियमितरूपमा जुवा खेल्ने गरेको गोप्य सुचनाको आधारमा परिचालन गरिएको प्रहरी टोलीको गस्तीका क्रममा अदानचुली३ स्थित स्वास्थ्यचौकी नजिकै रहेको एक होटल तथा पसलबाट जुवा खेलिरहेको अवस्थामा रङ्गेहात पक्राउ गरेको श्रीनगर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक कृष्णबहादुर बुढाले जानकारी दिएका छन् ।