काठमाडौं / नेपाल राष्ट्र बैंकले पुराना नोटबाट ब्रिक्रेट बनाई इन्धनको रुपमा प्रयोग गर्न मिल्ने बनाएको छ

नोट पुरानो भएमा वा च्यातिए पछि सर्वसाधारणले साटेका नोटलाई बैंक तथा वित्तीय संस्थाले जलाएर नष्ट गर्दै आएका थिए यसअघि राष्ट्र बैंकको बैंकिङ विभागमा सटही गरि बजारमा पठाउन नमिल्ने नोटलाई जलाउने गरिएको थियो

जलाएर नष्ट गरिने उक्त नोटलाई अब मेसिनले टुक्र्याएर ब्रिकेट बनाइ इन्धनको रुपमा प्रयोग गर्न मिल्ने व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ

बिक्रेट बनाउन नेदरल्याण्डबाट नोट सेडिङ मेसिन ल्याईएको छ । उत्पादित बिक्रेटबाट आगो ताप्न र उद्योग कारखानामा प्रयोग गर्न सकिने राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले जानकारी दिएका छन्

एक साता अघि ल्याइएको उक्त मेसिनलाई गभर्नर र डेपुटी गभर्नरले परीक्षण गरेका थिए । कार्यक्रममा परीक्षणका रुपमा ५ सय बण्डल नोटलाई सेडिङ गरिएको थियो । मेसिनले नोटलाई धुलो बनाएर इन्धनको रुपमा प्रयोग हुने सानो गोलो आकारको डल्लो बनाएको थियो