काठमाडौँ / कोरोना विरुद्धको खोप लगाएका नेपालीलाई संयुक्त अरब इमिरेट्स (युएई) ले प्रवेश खुला गरेको छ । आज बिहीबार देखि लागू हुने गरी युएईले प्रवेश खुला गरेको आबुधाबी स्थित नेपाली दूतावासले जनाएको छ ।
युएइको सरकारी निकायमा कार्यरत व्यक्ति, युएईमा कार्यरत स्वास्थ्यकर्मी, युएईका विद्यालय तथा विश्वविद्यालयका शिक्षक, युएईमा उपचार चलिरहेका व्यक्ति, विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन् । उनीहरूले युएई सरकारको अनुमति भने लिनुपर्नेछ ।




































