उदयपुर / उदयपुरमा रोकी राखेको टेम्पो माथि रूख ढल्दा एक जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । 

मृत्यु हुनेमा कटारी नगरपालिका –४ कि ३८ वर्षीया निशा दनुवार रहेकी छन् । शनिबार दिउसो ३ बजे उदयपुरगढी गाउपालिका –७ अधेरीमा रोकी राखेको प्र२–०१–००१ह०५६० नम्बरको टेम्पो माथि रूख ढलेर टेम्पुलाई किच्दा दनुवारको घटनास्थलमा नै मृत्यु भएको थियो । 

उक्त रुखले टेम्पु नजिकै रहेका कटारी –४ की २७ वर्षीया मिना दनुवार, कटारी –५ का टेम्पु चालक ४८ वर्षीय  कुमार तामाङ र मृतककै श्रीमान समेत घाईते भएका थिए । 

घाईते मध्ये मिना र कुमारको नोवेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ भने मृतकको श्रीमान् श्यामको स्थानीय मेडिकलमा नै उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।