विराटनगर / विराटनगरको संगम गीत गजल हाेटलमा प्रहरीले छापा मार्दा होटल सञ्चालक सहित १२ जना पक्राउ परेको छन् । 

नं. प्रदेश प्रहरी कार्यालय विराटनगरको ब्युरो टोलीले गोप्य सूचनाको आधारमा १२ रोडशेष चौकदेखि दक्षिणमा रहेको उक्त होटलमा छापा मार्दा गीत गजलका सञ्चालक विमल मुखियासहित १२ जना पक्राउ परेका हुन् । 

प्रहरीले जुवाको खालदेखि २ लाख ३० हजार रुपैयाँ भन्दा बढी रकम बरामद गरेको छ । गजलमा राति ९ बजेपछि जुवा खेल्ने गरेको प्रहरीलाई सूचना आएको थियो । सूचनाका आधारमा प्रदेशको ब्युरो र मोरङ प्रहरीले शुक्रबार राति छापा मारेको थियो । 

पक्राउ परेकाहरूको नाम म्याद थप भएपछि मात्र सार्वजानिक गर्ने तयारी गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । 

स्रोतले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा प्रदेश प्रहरीका एक जना प्रहरी समेत रहेका छन्  ।