बिर्तामोड / झापाको गौरगन्ज गाउपालिका –४ कदमगाछीबाट ब्राउन सुगर सहित प्रहरीले २ जना महिलालाई पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा दमक नगरपालिका –१ कि ३४ वर्षीया मञ्जु धिमाल र २५ वर्षीया विमला धिमाल रहेका छन् ।
शनिबार राती ९ बजे सिमा प्रहरी चौकी खजुरगाछीबाट खटिएको प्रहरी टोलीले पक्राउ परेकाहरूको साथबाट ब्राउन सुगर ४४ ग्राम ३०० मिलिग्राम बरामद गरेको छ ।






































