सङ्खुवासभा / सङ्खुवासभाको मकालु गाउपालिका –३ नयाँ बस्तीमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भोजपुर नगरपालिका –२ घर भई हाल सोही स्थानमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत आयोजनाको रोयल हाइड्रो कम्पनीमा काम गर्ने मजदुर ५२ वर्षीय खड्ग बहादुर गुरुङ रहेका छन् ।
शनिबार हेदाङना बजार गई बेलुका फर्कने क्रममा भिरबाट अन्दाजी ६०–७० मिटर तल झरी मृत अवस्थामा गुरुङको सव आज बिहान ११ बजे फेला परेको थियो ।






































