बिर्तामोड / नेपाल क्रिकेट संघ (क्यान) ले पारस खड्काले लगाउँदै आएको जर्सी प्रयोगमा नल्याउने निर्णय गरेको छ । 

क्रिकेट संघले नेपाली क्रिकेट टिमका पूर्व कप्तान खड्काले लगाउँने ७७ नम्बर जर्सी उनको सम्मान स्वरुप प्रयोगमा नल्याउने निर्णय गरिएको हो । 

दुई वर्षअघि कप्तानबाट राजीनामा दिएका पारसले केही दिनअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका थिए । पारसले नेपाली क्रिकेटलाई पुर्‍याएको योगदानको कदर गर्दै क्यानले उनले लगाउने गरेको ७७ नम्बरको जर्सी प्रयोग नगर्ने बताएको हो ।