काठमाडौं//अर्जेन्टिनी फरवर्ड लियोनल मेसीले बार्सिलोना क्लब र यसका समर्थकसंग बिदा लिएका छन्।
आइतबार मेसीले पत्रकार सम्मेलन गरेर 'बार्सिलोनामा बिताएका समय केही राम्रा केही नराम्रा रहेपनि ,बार्सिलोनाका जनताले उनीप्रति गरेको माया उस्तै रहेको बताएका छन्।
आफु फेरी कुनै दिन बार्सिलोनामा फर्कने र फरक भूमिकामा रहने छु' भन्ने कुरामा विश्वस्त रहेको पनि बताएका छन्।
बिदाईको समयमा आँसु रोक्न नसकेका उनले 'आँफुले बार्सिलोना छाड्दै छु भन्ने तथ्यमा विश्वास नै गर्न नसकेको तर ,अहिलेको यो समयमा आफ्नो जीवन फेरिंदै छ भन्ने कुरालाई स्वीकारेर अगाडि बढ्नु नै ठीक रहेको' उल्लेख गरेका छन्।
आफुले पत्रकार सम्मेलनमा धेरै कुरा भन्न चाहेको तर नसकेको पनि उनले बताएका छन्।
बार्सिलोनामा २१ बर्ष बिताएका उनले बार्सिलोनाको घरेलु मैदान क्याम्प नुमा समर्थक माझ बिदा लिन पाएको भए त्यो निकै सुखद् हुने धारणा पनि व्यक्त गरेका छन्।
मेसीले बार्सिलोनाका लागि डेब्यु गरेको क्षणलाई सबैभन्दा सुखद् मान्दै त्यसपछिका वर्ष आफूले सपना पूरा गर्ने अवसर पाएको पनि बताएका छन् ।
उनले आफ्ना खेलाडी साथी,समर्थक ,उनलाई माया ,हौसला दिने सबै प्रति धन्यवाद साथै आभार व्यक्त गरेका छन्।
अबको भविष्यलाई लिएर भने केही बोल्न नचाहेका उनले सबै प्रकारको सम्भावना बाँकी रहेको पनि बताएका छन्।
उनी बार्सिलोनाका लागि सबैभन्दा बढीखेल खेल्ने, गोल गर्ने र सबैभन्दा बढी उपाधि जित्ने खेलाडी हुन् ।
उनले बार्सिलोनाका लगि ७७८ खेल खेले र त्यसमा ६७१ गोल गरेका छन् ।






































