काठमाडौं / कोरोना संक्रमणको तेस्रो लहरबाट हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै सर्वोच्च अदालतले परमादेश आदेश जारी गरेको छ

अदालतले हरेक अस्पतालमा तत्काल पर्याप्त मात्रामा आईसीयू बेड, भेन्टिलेटर, अक्सिजन लगायत जीवन रक्षाका लागि निरन्तर चाहिने सामग्रीको पर्याप्त व्यवस्था गर्न सरकारको नाममा परमादेशको आदेश जारी गरेको हो

न्यायाधीश दीपककुमार कार्की र सपना प्रधान मल्लको इजलासले २४सै घण्टा र ३६५ दिन नै अस्पताल सञ्चालनमा राख्न आदेश दिएको छ

अधिवक्ताहरू शैलेन्द्रप्रसाद अम्बेडकर र मोहना अन्सारीले दायर गरेको रिटमा फैसला गर्दै सर्वोच्चले सरकारलाई कोरोनाको तेस्रो लहरका लागि तयारी गर्न भनेको हो

२०७८ जेठ ११ गते भएको फैसलाको पूर्णपाठमा सरकार र स्वास्थ्य मन्त्रालय लगायतलाई तयारीका लागि अन्य आदेश समेत जारी गरेको छ।