काठमाडौं//नेपाल विद्युत् प्राधिकरणमा मन्त्रिपरिषद्ले कुलमान घिसिङलाइ पुन:  नियुक्त गरेको गरेको छ।

ऊर्जा मन्त्रालयको प्रस्तावमा घिसिङलाई  प्राधिकरणको कार्यकारी निर्देशकमा पुन:  नियुक्त गरिएको एक मन्त्रीले जानकारी गराएका छन्।

  ऊर्जा मन्त्रालयले घिसिङलाई फोन गरेर नियुक्तिबारे जानकारी समेत दिइसकेको छ ।

यता  वर्तमान कार्यकारी निर्देशक हितेन्द्र देव शाक्यलाई भने आयोगमा विशिष्ट श्रेणी पद सिर्जना गरेर जल तथा ऊर्जा आयोगमा सरुवा गरिएको छ।

शाक्यले यसअघि आफूलाई अन्याय नहुने गरी अन्य जिम्मेवारी दिए जाने बताए अनुसार उनले अहिले खाइपाइ आएको सुविधा नघट्ने गरी आयोगमा सरुवा गरिएको मन्त्रीले बताएका छन् ।