मोरङ//मोरङमा भएको ग्याङ फाइट हत्याका मुख्य अभियुक्त ११ महिनापछि पक्राउ परेका छन्।

पक्राउ पर्नेमा ग्रामथान–२ का केके भन्ने ३१ वर्षीय कृष्ण चौधरी रहेका छन्।

बेलबारी–५ कसेनी लोहन्द्रा खोलामा ग्याङ फाइट हत्याको घटनापछि फरार भएका चौधरीलाई मोरङबाट  सादा पोशाकमा खटिएको प्रहरी टोलीले लामो समयपछि पक्राउ गरेको हो।

उनि दुहबीमा बस्दै आएका थिए।

सुन्दरहरैंचा नगरपालिकाको बाँसबारीमा पक्राउ गरि उनलाई  मोरङ अदालतमा पठाएको मोरङ प्रहरी प्रवक्ता डिएसी दिपक श्रेष्ठले जानकारी गराएका छन्।  अदालतमा चौधरीको बयान र थुनछेक बहस सकिएपछि  अदालतले आदेश गर्ने उनले बताएका छन्।

गत  भदौ १२ गते भएको ग्याङ फाइटमा धारिलो हतियार प्रहार गरि घाइते भएका चन्द्रकुमार राईको उपचारको क्रममा विराट टिचिङ हस्पिटलमा मृत्यु भएको थियो ।

प्रहरीले यस घटनामा संलग्न भएको आरोपमा यसअघि बेलबारी नगरपालिका ५ तेलकुडीका ३१ वर्षीया  विनयकुमार सरदार, ग्रामथान गाउँपालिका–६ का ३४ वर्षीया जितेन्द्र चौधरी, ३१ वर्षीया  दीपेन्द्र चौधरी, ३२ वर्षीया  वीरेन्द्रकुमार खाँ, बेलबारी–६ का ३८ वर्षीया विशालकुमार खवास र ३१ वर्षीया  राजेन भनिने राजिन्द्र राई (थुलुङ) लाइ पक्राउ गरिसकेको छ।