काठमाडौँ // नेपाली सुरक्षागार्डसहित विदेशी कामदारलाई काबुल छाड्न तालिवानले आदेश दिएको छ।

झन्डै एक सय ५० जना नेपाली सुरक्षा गार्डसहित विदेशी कामदार र कर्मचारीहरुलाई काबुल छाड्न  तालिवानले आदेश दिएको हो ।

जर्मन, क्यानेडियन, विश्व बैंकलगायत अन्तर्राष्ट्रिय संस्थाहरुमा कार्यरत नेपालीसहित विदेशी बसिरहेको होटलमै पुगेर तालिवानले तत्काल होटल छोड्न निर्देशन दिएको बताइएको छ। 

तालिवानले उनीहरुलाई हमिद करजाई अन्तर्राष्ट्रिय विमानस्थलमै गएर बस्न निर्देशन दिएको सोहि होटलमा रहेका एक नेपाली सुरक्षा गार्डले बताएका छन्।

  सोमबार व्यवसायिक उडानहरु भने बन्द छन् ।

सैन्य विमान मात्रै सञ्चालनमा छन् ।

अमेरिकी सेनाले भने विमानस्थलबाट दोहातर्फ उद्धार गरेर लगिरहेको छ ।