धरान / जबर्जस्ती करणी मुद्दामा फरार रहेका सुनसरीका एक युवालाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वराहक्षेत्र नगरपालिका –६ का २८ वर्षीय राजकुमार यादव रहेका छन् । 

यादवलाई विराटनगर महानगरपालिका –५ त्रिमूर्ति चोकबाट प्रहरीले भदौ १ गते पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । 

प्रहरीका अनुसार यादवले गत साउन १३ गते एक युवतीलाई इटहरी उपमहानगर –६ स्थित सिद्धार्थ होटलमा लगी जबर्जस्ती करणी गरी त्यसपश्चात् फरार भएका थिए । 

पीडितका आफन्तले दिएको उजुरीका आधारमा उनीमाथि कारबाही अगाडि बढाइएको प्रहरीले जनाएको छ ।