सिन्धुपाल्चोक / मनसुन सुरु भएयता लगातार परेको वर्षाका कारण मेलम्ची नगरपालिका –८ केउरानीका ३४ घर जोखिममा परेका छन् । पहिराका कारण खैरेका २७ र छाँयालीका सात घर जोखिममा परेका हुन् ।
यसअघि जिल्ला विपत् व्यवस्थापन समितिलाई जानकारी गराई बस्तीको विज्ञ सहित अनुगमन गर्न आग्रह गरिएको तर सुनुवाइ नगरेको उनको भनाइ छ ।
त्यसैगरी पहिराले प्रभावित मेलम्ची –६ नेपाने बगरटोलका १७ परिवारलाई राहत वितरण गरिएको छ ।




































