विराटनगर //अनलाइन सामान विक्रेता दराजले ठगि गरेको आरोप लगाउँदै विराटनगरको तिनपैनी स्थित शाखा कार्यालयमा सेवाग्राहीले तालाबन्दी गर्दिएका छन् ।
अनलाईन अर्डर मार्फत सेवाग्राहीलाई सामान उपलब्ध गराउँदै आएको दराजले ठगि गरेको आरोप लगाउँदै शाखा कार्यालयमै सेवाग्राहीले तालाबन्दी गरेका हुन्।
ईसेवा मार्फत पेमेन्ट गरेको भएपनि दराजको केन्द्रीय कार्यालयले पेमेन्ट नै नभएको जवाफ दिने गरेको सेवाग्राही कुशल कोईरालाले गुनासो गरेका छन्।
यता केन्द्रीय कार्यालयमा फोन गर्दा हाम्रो गल्ति भयो भन्दै सामान उपलब्ध नहुने बताएको उनले जानकारी गराएका छन्।
एकसय पिस टेस्ट प्रोडक्ट मगाएको भएपनि अहिले आफुलाई हुँदैन भनेपछि तालाबन्दी गरेको उनले बताएका छन् ।
दराजले टेस्ट प्रोडक्ट सर्वसाधारणको लागि बिक्रीमा राखेको भएपनी पैसा तिरिसके पछि पेमेन्ट न आएको भनेर प्रोडक्ट नदिएको अर्का सेवाग्राही रोहण खड्काले गुनासो पोखेका छन्।
उनिहरूको समस्या दुईदिन भित्रमा समाधान गर्ने दराज तिनपैनी शाखाका म्यानेजर रवि पोद्दारले प्रतिबद्धता व्यक्त गरेका छन्।
यदि समाधान नभए कानुनी प्रक्रिया जादाँ हुने उनले आश्वासन समेत दिएका छन् ।






































