सुर्खेत//पश्चिम सुर्खेतमा १४ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा ९ जना पक्राउ परेका छन्।

  ३० वर्षीय तेजबहादुर सार्की, ३४ वर्षीय प्रेम बुढाथोकी , ३५ वर्षीय युवराज शाही बलात्कारको आरोपमा पक्राउ परेका हुन् ।

त्यसैगरी ओमबहादुर दर्लामी, शोभा शाही भनिने खगेन्द्र शाही, डम्वर वादी, बाबुराम पुरी, गणेशसमेत पक्राउ परेको बताइएको छ।

पञ्चपुरी नगरपालिकाकी एक बालिकालाई पटक–पटक बलात्कार गरेको उनीहरुमाथि आरोप छ।

साउन पाँच गते यता १४ वर्षीया बालिकालाई नौ जनाले बलात्कार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

पछिल्लो समय भदौ १५ गते तीन जनाबाट सामुहिक बलात्कृत भएपछि बालिकाले प्रहरी कार्यालयमा पुगेर उजुरी दिएकी थिइन्।

बुवा नभएको र आमाले अर्को विवाह गरेपछि बालिका सुरुमा मामाघरमा बस्दै आएकी थिइन्।

पछि माइजुसँगको विवादले  घर छोडेर उनि पञ्चपुरी पुगेकी थिइन्।

पञ्चपुरीको बजार क्षेत्रका विभिन्न पसलहरुमा काम गर्दै दैनिकी गुजारा चलाइराहेकी उनि असार पाँच गते स्थानीय प्रेम शाहीबाट बलात्कृत भएको उनले बताइन ।

शाहीबस काउण्टरमा काम गर्ने कर्मचारी हुन्। त्यसपछि प्रेमसँगै उनका साथीहरुले पनि बालिका बलात्कार गरेको बताइएको छ।

पछिल्लो समय भदौ १५ गते सामुहिक बलात्कारको सिकार बनेकी थिइन्।

उनले दिएको हुलियाको आधारमा सामुहिक बलात्कारमा संलग्नहरुलाई पक्राउ गर्न सफल भएको प्रहरीले बताएको छ।

पक्राउ परेका अधिकांस बसका चालक, सहचालक, बस काउण्डरमा टिकट काट्ने कर्मचारी रहेको बताइएको छ।

मामाघर छोडेर हिँडेकी बालिकालाई पैसा र खानेकुराको प्रलोभन दिएर बलात्कार गरेको प्रारम्भिक बयानमा उनीहरुले  स्वीकार गरेको प्रहरीले बताएको छ।

बालिकालाई प्रहरीले एक अधिकारवादी संस्थाको जिम्मामा राखेको छ। उक्त संस्थाले गरेको स्वास्थ्य परीक्षणमा बालिका गर्भवती छिन्।