काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई दर्ज्यानी चिह्न प्रदान गरेकी छन् ।
राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारी समक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको सपथ समेत लिएका छन् ।
कार्यक्रममा रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायत उपस्थित थिए ।
नेपाली सेनाको ४४ औँ प्रधान सेनापतिकारुपमा शर्माले तीन वर्षे कार्यकालका लागि आजबाट औपचारिकरुपमा सैनिक नेतृत्वको जिम्मेवारी सम्हालेका छन् ।






































