तनहुँ//टिकटक बनाउने क्रममा सेती नदीमा खसेर नवविवाहित बेपत्ता भएकी छन्। 

शुक्लागण्डकी नगरपालिका–८ पुलचोकस्थित सेती नदी (रक गार्डेन) मा खसेर लालिम माइत भएकी १९ वर्षीया पवित्रा लम्साल  भएकी हुन्।

५ दिनअघि विवाह गरेकी लम्साल दुल्हन फर्काउन माइत आएकी थिइन् ।

दुई साथीहरुसँग मंगलबार दिउँसो घुम्न पुल्चोक गएकी उनी टिकटक बनाउने क्रममा चिप्लिएर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय बेलचौताराले  जानकारी गराएको छ ।

माथिल्लो काठको पुल छेउमा रहेको ढुंगामा उभिएकी उनि  चिप्लिएर नदीमा खसेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रहरी निरीक्षक ज्ञानबहादुर खड्काले बताका छन् ।

नदीमा खसेपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए ।

बेपत्ता लम्सालको खोजी भइरहेको प्रहरीले जानकारी गराएको छ