काठमाडौं / यातायात व्यवस्था कार्यालय एकान्तकुनाबाट दुई जना विचौलियालाई प्रहरीले पक्राउ गरेको छ।
ललितपुर महानगरपालिका–१४ नक्खीपोटका ३० वर्षीय सुमन तामाङ र ललितपुर १३ कुसुन्तीका २३ वर्षका सुरज गुप्ता आइतबार
पक्राउ परेका हुन्।
लिखित परीक्षा पास गराइदिने, फास्ट ट्रायल मिलाइदिने, नवीकरण र सिफारिससमेत मिलाइदिने भनी सेवाग्राहीबाट पैसा असुल गर्ने गरेको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।
यस्तै लाइनमा बसेका सर्वसाधारणलाई उनीहरुले सास्तीसमेत दिने गरेका थिए। यातायात कार्यालयमा आउने सेवाग्राहीसँग पैसा बार्गेनिङ गरी लिँदै गरेको अवस्थामा पक्राउ गरेको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिएका छन्
महाशाखाको पीडित सहायता कक्षबाट सादा पोशाकमा खटिएको टोलीले आफैँ सेवाग्राही बनेर कारवाही अभियान चलाइरहेको छ।
सोही क्रममा उनीहरु पक्राउ परेका र हाल थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी वृत्त, सातदोबाटोमा बुझाइएको महाशाखाले जनाएको छ।





































