बिर्तामोड / नेपालको पश्चिमी भूभागबाट मनसुन बाहिरिन थालेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार औसत समयभन्दा एक साता ढिलो गरी शुक्रबारबाट सुदूरपश्चिम र कर्णालीबाट मनसुन पूर्ण रुपमा बाहिरिएको हो ।
आज बिहान प्रदेश १ र बाँकी पहाडी भू–भागको मौसम आंशिकदेखि सामान्य बदली भएको छ । प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षा भएको छ ।





































