इटहरी /  जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा एक थुनुवा मृत फेला परेका छन् । मृतक व्यक्ति मुस्लिम समुदायको भएपनि प्रहरी अन्य जानकारी भने दिएको छैन् । 

मृतकका आफन्तले छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै बिहानैदेखि इनरुवामा सडकमा टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् ।