सुर्खेत / कर्णाली नदीमा डुंगा दुर्घटना हुँदा एक जना बेपत्ता भएकी छिन् । बेपत्ता हुनेमा १८ वर्षीया अनिता बिक रहेकी छिन् ।
पश्चिम सुर्खेतको चौकुने गाउँपालिका –१० घाट गाउँस्थित कुमालामा आइतबार बिहान ९ बजे डुंगा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।
दसैँमा घर लिप्ने सेतो (कमेरो) माटो ल्याउनका लागि नदी वारी घाट गाउँबाट डुंगा चढेर पारी (कैलालीको केवरीतर्फ) जाँदै गर्दा दुर्घटना भएको घर्तीले बताए । डुङ्गामा ७ जना सवार थिए ।






































