बुटवल / बुटवलको मोतिपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न खोज्ने समुह र प्रहरीबीच झडप भएको छ ।

मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमण हुन थालेपछि आइतबार दिउँसो अतिक्रमणकारीलाई हटाउन खोज्दा प्रहरी र अतिक्रमणकारी बीच झडप भएको हो । 

अतिक्रमण गर्न खोज्ने समूहलाई हटाउन खोज्दा झडप भएपछि प्रहरीले गोली चलाएको थियो । गोलीको प्रहारबाट कम्तीमा पाँच जना घाइते भएका छन् । 

केही समयदेखि मोतिपुर औद्योगिक क्षेत्रको जग्गा पाइने आशामा विभिन्न जिल्लाका मानिस आएर बसोवास गर्न थालेका छन् ।

मोतिपुर औद्योगिक क्षेत्रमा जग्गा अतिक्रमण हुन थालेपछि रूपन्देही प्रशासनले जग्गा खाली गराउन केही दिनदेखि प्रयास गर्दै आएको छ । 

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले प्रहरीमाथि ढुंगामुढा भएपछि घटनास्थल साम्य पार्न प्रहरीले गोली चलाएको बताए ।

प्रहरीको गोलीबाट घाइते भएकाहरूको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको तिवारीले बताए ।