संखुवासभा / संखुवासभामा मिल्लर गाडी पल्टदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक भारत बिहार का ३५ वर्षीय श्याम झा र सोही गाडीमा सवार भारत युपीका –४० वर्षीय श्रीनिवास सिंह रहेका छन् ।
हिजो बेलुका ८ बजे चिचिला गाँउपालिका –३ केराबारी स्थित अरुण तेस्रो जलबिद्युत आयोजनाको एडिट फोरको सरसापटमा पटेल कम्पनीको ध्द्य ज्ञज्ञत्ऋ ण्द्दढट नम्बरको गाडी गिटी सिमेन्ट घोली पुर्याई फर्कने क्रममा आफै अनियन्त्रित भई अन्दाजी १५० मिटर तल खसि दुर्घटना भएको थियो ।
सो दुर्घटनाबाट गम्भिर घाईते भएका दुवै जनाको जिल्ला अस्पताल खाँदबारीमा उपचारको क्रममा आज बिहान ६ बजे मृत्यु भएको छ ।





































