लहान / लहानमा इनारमा मृत फेला परेका युवकको हत्याकाे आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
दसैँको अवसरमा गत शुक्रबार आयोजित झिझिया नाँच हेर्न गएका सिरहाको गोलबजार नगरपालिका –८ भाइजिटोलका १७ वर्षीय शत्रुधन महतोको सिरहाकै नरहा गाउँपालिका –३ नयाँ चोहर्वाको इनारमा डुबेको अवस्थामा शव फेला परेको थियो ।
सो घटनामा संलग्न रहेको आरोपमा ती युवकका तीन जना साथीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
शुक्रबार राति झिझिया नाचमा युवाको दुई समूहबीच झडप हुँदा भागदौड मच्चिदा नजिकै रहेको इनारमा चारै जना झरेका थिए ।
तत्काल प्रहरी र स्थानीयवासीले तीन जनाको उद्धार गरेपनि महतो भने इनारमै डुबेका थिए ।





































