डोटी / बेमौसमी अविरल वर्षासँगैको बाढीपहिरोको कारण विगत पाँच छ दिनदेखि अवरुद्ध भएको विद्युत् तथा सञ्चार सेवा सञ्चालन भएको छ ।
वर्षाका कारण रूख ढलेर कैलालीको भासुभिर नजिक ३३र११ सय केभिए विद्युत् प्रसारणको पोलमा क्षति भएका कारण अवरुद्ध बनेको विद्युत् सेवा गए रातिबाट सञ्चालन गरिएसँगै अहिले जिल्लामा फोन तथा इन्टरनेट सेवा पनि सञ्चालन भएको साना जलविद्युत् केन्द्र दिपायलले जनाएको छ ।
प्रमुख सहरबजारमा विद्युत् र फोन सेवा सञ्चालन भए पनि यहाँका ग्रामीण क्षेत्रमा सञ्चालन नभएका तथा सडक सञ्जालसमेत अवरुद्ध हुँदा गाउँमा बाढीपहिरोले के–कति क्षति पुर्याएको छ भन्ने विषयमा जानकारी लिन निकै समस्या भएको प्रमुख जिल्ला अधिकारी शङ्करबहादुर विष्टले बताए ।





































