दाङ / दाङको देउखुरीमा आज बिहान टाटा सुमो गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् ।
प्युठानको बिजुवारबाट दाङको सतबरियातर्फ जाँदै गरेको रा १ ज ७३७ नम्बरको सुमो गाडी लमही नगरपालिका –७ दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घाइतेहरूको लमहीमा नै उपचार भइरहेको छ भने एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।





































