बिर्तामोड  / झापाको झिलझिलेबाट तास खुलीरहेको अवस्थामा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा शिवसताक्षी नगरपालिका नगरपालिका –९ का ५० वर्षीय अग्नि राई, ४० वर्षीय लाल बहादुर लिम्बु, ४६ वर्षीय मनिष क्षेत्री र –११ का ३७ वर्षीय सुरेश लिम्बू रहेका छन् । 

शनिवार राती शिवसताक्षी –९ स्थित जितेन्द्र शाक्यको घरमा अवैध रुपमा जुवा खेलिरहेको भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक ध्रुव नारायण श्रेष्ठको कमान्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।  

प्रहरीले पक्राउ परेकाहरूको साथबाट नगद १ लाख ७३ हजार ५ सय रुपैयाँ, मोबाइल सेट थान ४ (चार) र तास तिन बुङ बरामद गरेको इलाका प्रहरी कार्यालय झिलझिले जनाएको छ ।