बिर्तामोड / अमेरिकी सरकारले नेपाललाई उपलब्ध गराएको कोरोनाविरुद्धको फाइजर खोप काठमाडौँ आइपुगेको छ । 

कतार एयरलाइन्सको जहाजबाट सोमबार बिहान पौने ९ बजे एक लाख छ सय २० डोज फाइजर खोप त्रिभुवन विमानस्थल आइपुगेको हो ।  

अमेरिकाबाट आएको फाइजर खोप १२ वर्षदेखि १८ वर्षमुनिका दीर्घरोगी किशोर किशोरीलाई लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण प्रसाद पौडेलले जानकारी दिए । 

डा. पौडेलका अनुसार तिहार र छठ पर्व सकिएपछि खोप कार्यक्रम सुरु हुने  छ । 

अमेरिकाले यसअघि जुलाई १२ मा १५ लाख ३४ हजार ८५० डोज जोन्सन एन्ड जोन्सन खोप नेपाललाई उपलब्ध गराएको थियो ।

अमेरिकाको फाइजर र जर्मनीको बायोनटेक कम्पनीले यो खोप संयुक्त रूपमा निर्माण गरेका हुन् । फाइजर खोप कोरोनाविरुद्ध नेपालमा प्रयोग हुने चौथो खोप हुनेछ । नेपालमा यसअघि एस्ट्राजेनेका, भेरोसेलजोन्सेन एन्ड जोन्सेन खोप प्रयोग भइसकेको छ ।

अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले फाइजर खोप १२ देखि १५ वर्ष उमेर समूहमा प्रभावकारी हुने जनाएको छ । अन्य अनुसन्धानले पनि यो खोप ९५ प्रतिशत प्रभावकारी हुने देखाएका छन् ।