खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका –१ हस्पिटल चौक स्थित हरी जोशीको घरबाट प्रहरीले तास, नगद सहित ५ जना जुवाडेलाई पक्राउ गएको छ ।
पक्राउ पर्नेमा खोटाङ साकेला गाउँपालिका –५ का २७ वर्षीय हिराधन राई, साकेला गाउँपालिका –२ का २२ वर्षीय सौरब गुरुङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –६ का ३३ वर्षीय बसन्त राई, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका –७ का ३८ वर्षीय टिकाराम राई र उदयपुर कटारी नगरपालिका –११ का २४ वर्षीय खोम बहादुर मगर रहेका छन् ।
आज बिहानको राती १ बजे जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई तास खेलिरहेको अवस्थामा १ बुङ तास, नगद ७१ हजार २० रुपैयाँ सहित पक्राउ गरिएको हो ।





































