बिर्तामोड / देशभर आज थप ५९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। 

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११  हजार ३५५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ५९१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ८४८ जनाको पिअिसार परीक्षण गर्दा ५२७  र २ हजार ५०७ जनाको एन्टीजेन परीक्षण गर्दा ६४ जनामा संक्रमण पुष्टि भएको हो। 

आज देशभर ६६४ संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ।