मकवानपुर \ मकवानपुरस्थित हेटौंडामा ट्रक र बस एक आपसमा ठोकिँदा दुई जनाको मृत्यु भएको छ ।
जनकपुरबाट काठमाडौँ तर्फ आइरहेको ना२ख ८७६ नं को रात्रि बसलाई विपरीत दिशाबाट आइरहेको प्रदेश (२) ०३०१ ख ५०३५ नं को ट्रकले मंगलबार राति हेटौँडा स्थित नवलपुरमा ठक्कर दिँदा बसका ती यात्रुको घटनास्थलमै मृत्यु भएको हो ।





































