महोत्तरी \ महोत्तरीको सदरमुकाम जलेश्वरको साहुजीपट्टी स्थित छठघाटमा छठपर्व मनाउने क्रममा साडीमा आगो लाग्दा एक व्रतालु महिला घाइते भएकी छन्। 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार गएराति १० बजे छठघाटमा पूजाको दीप प्रज्ज्वलन गर्ने क्रममा जलेश्वर नगरपालिका – ६ बस्ने ८८ वर्षीया फूलकुमारी कर्णको साडीमा आगो सल्किएको थियो । 

आगोले उनको हात, खुट्टा र शरीरका विभिन्न भागमा पोलेकाले उपचारका लागि तत्काल जलेश्वर जिल्ला अस्पताल लगिएकोमा  थप उपचारका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल पठाइएको थियो।

त्यहाँ पनि उपचार सम्भव नभएकाले गएराति नै काठमाडौँ पठाइएको प्रहरीले जानकारी दिएको छ।