बाजुरा / बाजुराको छुट्टाछुट्टै स्थानबाट दुई पुरुष मृत फेला परेका छन् ।
मृत भेटिनेमा जगन्नाथ गाउँपालिका –६ का १८ वर्षीय जीवन चदारा र बूढीगङ्गा नगरपालिका –४ बानेगाउँ कोल्डाँडाका ६२ वर्षीय केहेरे कटुवाल रहेका छन् ।
चदारा बूढीनन्दा नगरपालिका –५ विरसैनमा तथा कटुवाल बूढीगङ्गा नगरपालिका–८ रिठाबजार नजिकै बूढीगङ्गा नदीमा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कटुवाल यही कात्तिक २२ गतेदेखि बेपत्ता थिए । यस्तै चदारा रोजगारीको सिलसिलामा सदरमुकाम मार्तडी आउँदै थिए ।






































