बुटवल  / मानव अधिकार तथा शान्ति समाजले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको शीघ्र राजीनामा माग गर्दै  चितवनमा प्रदर्शन गरेको छ ।

समाजले चितवनको पुल्चोकमा प्रधानन्यायाधीश जबराको राजिनामा माग गर्दै  बिहान आधा घण्टासम्म प्रदर्शन गरेको हो । 

शान्ति समाजले प्रदर्शनमा  ‘न्यायालयलाई प्रदूषित बनाउन पाइदैन’, ‘सौदाबाजी गर्ने प्रधानन्यायाधीश चाहिदैँन’,‘न्यायालयमा राजनीतिक नियुक्ति बन्द गर’, ‘न्यायालयमा भागबन्डा बन्द गर’, ‘प्रधानन्यायाधीश स् शीघ्र राजीनामा देऊ’, ‘प्रधानन्यायाधीशले राजीनामा नदिए महाअभियोग लगाऊ’, ‘वर्तमानको आवश्यकता स् न्यायालयको शुद्धिकरण’, ‘न्यायालय दुषित भो स् शुद्धीकरण आवश्यक भो’ जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेको थियो ।

प्रदर्शनमा समाजका संस्थापक सभापति कृष्ण पहाडीलगायत २३ जिल्लाबाट सहभागी अधिकारकर्मीको सहभागी रहेको थियो ।

प्रधानन्यायाधीश जबराको राजीनामा नदिने अडानका कारण न्यायिक क्षेत्रमा असामान्य परिस्थिति सिर्जना भएको र यस्तो अवस्था उत्पन्न हुनु दुर्भाग्यपूर्ण भएको भन्दै समाजका केन्द्रीय सभापति गोविन्द खनालले यो अवस्था लोकतान्त्रिक पद्धति र न्यायिक प्रणालीका लागि घातक हुने बताए ।