इलाम // इलाममा आफ्नै भाइले दाजुको हत्या गरेका छन्।

इलामको सन्दकपुर गाउँ पालिका – १  चाँपगैरी का ३० वर्षीय चक्र मुखियाले  ३५ वर्षीय दाजु इच्छा मुखियाको धारिलो हतियार प्रहार गरी हत्या गरेका हुन्।

सोमबार  मदिरा पिएर दाजुसँग वादविवाद गरि आवेगमा चक्कु प्रहार गर्दा दाजुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

भाइ चक्रलाई पक्राउ गरि वादविवादको घटनाले हत्याको रूप लिनु पर्ने कारणबारे अनुसन्धान सुरु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।