विराटनगर / प्रेस सेन्टर नेपाल प्रदेश १ को दोस्रो अधिवेशनबाट अध्यक्षमा विनोद घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।
मङ्लबार विराटनगरमा सम्पन्न अधिवेशनले अध्यक्ष घिमिरे निर्विरोध निर्वाचित भएका हुन् ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा नवराज कट्टेल, उपाध्यक्षमा डण्डीराज घिमिरे र राजन राई निर्विरोध निर्वाचित गरेको छ ।
प्रमुख सचिवमा सुजन तिमिल्सिना, सचिवमा विदुर कटुवाल, घनेन्द्र केरुङ, गंगा राई, विशाल राई, सर्मिला विक, प्रमोद यादव, चिरञ्जीवी घिमिरे चयन भएका छन् ।
कोषाध्यक्षमा गोकुल पराजुली निर्विरोध भएका छन् भने प्रदेश कमिटीको लेखा समिति संयोजकको जिम्मेवारी सुरेश कार्की र अनुशासन समिति संयोजकको जिम्मेवारी ईश्वर थापाले पाएका छन् ।





































