मोरङ / मोरङको रतुवामाई नगरपालिका –२ डोरियामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रतुवामाई नगरपालिका –२ डोरियाका २१ वर्षीय निरन्जन कुमार सिंह रहेका छन् ।
आज (सोमबार) बिहान साढे ११ बजे घरको टिनको छानोबाट बिजुलीको तार हटाउने क्रममा करेन्ट लागेर सिंह घाईते भएका थिए ।





































