बुद्धशान्ति / बुधबारे जेसिज २०२२ को अध्यक्षमा मुकेश भट्टराई सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै उपाध्यक्षमा पालिका सन्देशका प्रधान सम्पादक विष्णुप्रसाद लामिछाने बुधबारे जेसिज २०२२ को उपाध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
२०२१ का अध्यक्ष अनिल वाग्लेको सभापतित्व, बुद्धशान्ति उद्योग बाणिज्य संघका अध्यक्ष चन्द्र उप्रेतीको प्रमुख आतिथ्यता तथा इलाका प्रहरी कार्यालय बुधबारेका इन्चार्ज निराजन कटुवालको विशिष्ट आतिथ्य रहेको कार्यक्रम बुधबारे जेसिजको १०औं साधारणसभामा सम्पन्न भएको थियो ।





































