रूपन्देही / भन्सार छलेर ल्याइएको १७ लाख बराबरको सामान प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको टोलीले बुधबार बिहान ४ बजे एउटा बलेरोबाट उक्त बराबरको सामान बरामद गरेको हो ।
ओमसतिया गाउँपालिका ४ बालापुरबाट लु१ज ४०१२ नम्बरको बलेरो जिपबाट भन्सार छलेको सामान बरामद भएको रूपन्देहीका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए ।
प्रहरीले तीन दिनअघि पनि भन्सार छलेर ल्याइएको १८ लाख रुपैयाँ बराबरको जुत्ता बरामद गरेको थियो ।




































