बागलुङ / बागलुङको बडिगाड गाउँपालिका –१ भलाई भिरबाट लडेर एक महिलाको निधन भएको प्रहरीले जनाएको छ ।
बडिगाड गाउँपालिका – ३ स्थित आफन्तको घरमा कुल पूजाको निम्तो मानेर घर फर्कने क्रममा आफ्नै घरदेखि अन्दाजी एक सय मिटर पूर्वको भीरबाट लडेर भलाई बस्ने बेलबहादुर थापाकी २४ वर्षीय श्रीमती सावित्रा थापाको निधन भएको हो ।
मृतक थापाको साथमा रहेका तीन वर्षीय छोरा प्रमिश थापाको निधारमा सामान्य चोक लागेको छ ।






































