झापा / आज देशभर थप २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
६ हजार २६८ जनाको पीसीआर र २ हजार ४ सय १४ जनाको एन्टीजेन परीक्षण गर्दा १२ जना गरी २५४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ भने योसँगै नेपालमा हाल सम्म मृत्यु हुनेको संख्या ११ हजार पाँच सय ५४ पुगेको छ ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय सङ्क्रमितको संख्या ५ हजार ८९० जना रहेका छन् । जसमध्ये ५ हजार ६०१ जना होम आइसोलेसनमा रहेका छन् भने २८९ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ११८ जना आईसीयू र ३४ जना भेन्टिलेटरमा उपचाररत् छन् ।






































