मोरङ / मोरङको छुट्टाछुट्टै स्थानबाट लागू औषध सहित ३ जनालाई पक्राउ गरिएको छ । भारतबाट नेपाल आँउदै गरेको अवस्थामा सोमबार दिउँसो साढे २ बजे विराटनगर महानगरपालिका हुलास चौक स्थितमा प्रहरीले पक्राउ गरेको हो  । 

सुनसरी इटहरी उपमहानगरपालिका का २२ वर्षीय सन्तोष भुजेलको साथबाट लुपिजेसिकएम्पुल, डाईजापामएम्पुल, एभिलएम्पुलफेनारगनएम्पुल सहित पक्राउ गरेको छ । सोमबार राती ६ बजे विराटनगर महानगरपालिका मटेरुवा चोक स्थितमा सुनसरी धरान उपमहानगरपालिका का ३२ वर्षीय अन्सन तामाङलाई लुपिजेसिक ११ एम्पुल, डाईजेपाम ११ एम्पुलएभिल ११ एम्पुल सहित अस्थाई प्रहरी पोष्ट मटेरुवाबाट खटेको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

 त्यसैगरी हिजो साँझ ५ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटेको प्रहरी टोलीले विशेष सूचनाको आधारमा सुन्दर हरैचा नगरपालिका बलिया स्थितबाट मोटरसाइकलमा सवार रहेका केराबारी गाउँपालिका का २१ वर्षीय सागर तामाङलाई चेकजाँच गर्दा उनको साथबाट फेनारगनएम्पुल, लुपिजेसिकएम्पुल, डाईजेल्याबएम्पुल, डाईजेपामएम्पुलएभिलएम्पुल सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरूको प्रहरीद्वारा थप अनुसन्धान भइरहेको छ ।