झापा / गैँडाको खाग अवैध रुपमा बेच्न खोज्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको बौद्धबाट एकथान गैँडाको खाग सहित उनीहरूलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले बताएका छन ।
गैँडाको खागको तौल १ किलो १० ग्राम छ । कारोबारीले सो खाग ४० लाखमा बेच्ने गरी ‘डिल’ गरेका थिए ।
बेच्नु अघि बौद्ध स्तूपा स्थित साँघुरो गल्लीमा उनीहरूले खाग हेर्न बोलाए पछि ग्राहकसँगै गएका महाशाखाका प्रहरीले उनीहरूलाई पक्राउ गरेका हुन् । खागको अवैध कारोबार गर्नेहरूलाई महाशाखाले कानुनी कारवाहीका लागी डिभिजन बन कार्यालय हात्तीसारमा बुझाएको छ ।






































