झापा / भक्तपुरमा चार तले घरबाट खसेर एक बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भक्तपुर नगरपालिका वडा नम्बर १० कमलविनायक बस्ने हरिनारायण सितिखुका १५ वर्षीया छोरी सुनेनाको घरको चार तलाबाट खसेर मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिएका छन ।
उनलाई तत्कालै उपचारको लागि भक्तपुर अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा साढे ६ बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक पाण्डेले बताए ।






































