झापा / पूर्वी नवलपरासीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मध्यबिन्दु नगरपालिका वडा नम्बर १२ कि स्थानीय महिला ३९ वर्षीय बरिसा सारुको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
घर नजिकै रहेको वनमा सालको पाट टिप्न जादा सारुलाई बाघले आक्रमण गरेको थियो । महिलाहरू समूह बनाएर पात टिप्न गएको र फर्कने क्रममा अचानक बाघले आक्रमण गर्दा सारुको मृत्यु भएको पूर्वी नवलपरासीका प्रहरी प्रमुख मोहनराज काफ्लेले बताए ।






































