विराटनगर / विराटनगरस्थित नोवेल मेडिकल कलेजमा विद्यार्थी सङ्गठनका नेता तथा कार्यकर्ताहरूले तोडफोड गरेका छन्।
सरकारले तोकेको भन्दा अतिरिक्त शुल्क माग गर्दै विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएपछि आन्दोलनरत विद्यार्थी सहित सङ्गठनका नेता तथा कार्यकर्ताहरूले उक्त कलेज तोडफोड गरेका हुन्।
अतिरिक्त शुल्क नबुझाएको भन्दै नोवेल मेडिकल कलेजले ८० हाराहारी विद्यार्थीलाई दुई सातादेखि कक्षा प्रवेशमा रोक लगाएको छ। ती विद्यार्थीहरू कक्षा प्रवेशका लागि आन्दोलनरत छन्।
तिनै विद्यार्थीको समर्थनका लागि पुगेका विद्यार्थी सङ्गठनहरूले विद्यालय तोडफोड गरेका हुन् । विद्यार्थीहरूले गेट फोडेर नोवेलको चौथो तलामा रहेको प्रशासनमा तालासमेत लगाएका छन्।





































