काठमाडौँ / इन्डियन आइडल पवनदीप राजन नेपाल आउने भएका छन् ।
आगामी माघ १ गते ठमेलस्थित एल ओ डी क्लबमा हुने कार्यक्रमका लागि उनी नेपाल आउन लागेका हुन् ।
पनवदीप १२ औं संस्करणको इन्डियन आइडल विजेता समेत हुन् । क्लबका निर्देशक रविन श्रेष्ठले अंग्रेजी वर्षको सुरुवातीमा इन्डियन आइडल पवनदीपलाई ल्याएर नेपाली दर्शकलाई मनोरञ्जन दिन लागिएको जानकारी दिए ।
कोभिड सङ्क्रमणको संख्या बढिरहेको समयमा कार्यक्रम गर्नु चुनौतीपूर्ण रहेको भन्दै उनले जनस्वास्थ्यको मापदण्ड अपनाएर साङ्गीतिक कार्यक्रम आयोजना गरिने जानकारी दिए ।






































