झापा / वीरेन्द्रनगर नगरपालिका –१० सुर्खेतस्थित इगरब्रिज बोडिङ स्कुलमा आइतबार बिहान आगलागी हुँदा रु तीन लाख बराबरको क्षति भएको छ ।
भुइँ तलामा रहेको छात्रावासको भान्सामा नयाँ ग्यास सिलिन्डर जडान गरी लाइटर बालेर जाँच गर्दा एक्कासि ग्यास सिलिन्डरबाट आगलागी भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधवप्रसाद श्रेष्ठले जानकारी दिएका छन ।






































